२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको चुनौती

२४ पुष २०७५, मंगलवार ०७:३१

काठमाडौँ, पुस २३ गते । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिनुभएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताउनुभयो ।

नेता नेपालले भन्नुभयो, “माधव नेपाललाई वाइन शब्दसँगै एलर्जी छ, वाइन कहिल्यै नै खाँदैन, हिन्दू परिवारबाट आएको भए पनि हिन्दू धर्म वा कुनै पनि धर्म मान्दैन, हामी कम्युनिष्ट हौँ, जनताको धर्मको अधिकारलाई सम्मान गर्छाैं ।”“जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौँ, हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीले बोलाए पनि हामी जान्छौँ, म त भगवान् मान्दिनँ, जनताको भावनामा चोट पु¥याउने राजनीतिज्ञको काम होइन, नेपालको उत्पत्ति हिन्दू र बौद्ध धर्मको पहिचानसँग जोडिएको छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “एशिया प्यासिफिक सम्मेलन नेपाललाई विश्वमा चिनाउन राम्रो भावनाबाटै गरिएको छ, सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सहयोग पु¥याउने उद्देश्य सम्मेलनको थियो ।”

युनिभर्सल पिस फेडरेशनले विभिन्न समयमा आयोजना गरेको विभिन्न कार्यक्रममा नेपालका बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमानसिंह, सुशील कोइराला, शेरबहादुर देउवासमेत भाग लिएको बारे नेता नेपालले समितिलाई जानकारी गराउनुभयो ।बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले एशिया प्यासिफिक सम्मेलनसँग सरकारको संलग्नता जोडर दुष्प्रचार गर्न खोजिएको बताउनुभयो ।समितिको आजैको बैठकले नेपाल वायु सेवा निगमको वाइड बडी खरीद प्रकरणका सम्बन्धमा अध्ययन–अनुसन्धान गरी प्रतिवेदन दिन गठित उपसमितिको म्याद एक महीना थप गर्ने निर्णय गरेको छ । (रासस)

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV