२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

अदालतले प्रतिनिधिसभा बिघटनको निर्णयलाई उल्टाउने डा महतको विश्वास

१२ असार २०७८, शनिबार १९:२८

१२ असार काठमाण्डौं


नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अदालतले प्रतिनिधिसभा बिघटनको निर्णयलाई उल्टाउने विश्वास व्यक्त गर्नुभएको छ ।
शनिबार कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ तथा महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको संयुक्त आयोजनामा माक्स र सेनिटाइजर बितरण कार्यक्रममा महतले प्रतिनिधिसभा बिघटन संविधान बिपरित भएको भन्दै अदालतले त्यसलाई उल्टाउने विश्वास व्यक्त गर्नुभएको हो । त्यस्तै उहाले पार्टीसभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा चयन गर्ने बाटो पनि खुल्ने अवस्था देखिएको तर्क गर्नुभयो । उहाले छिटै मुलुकमा देखिएको अधिनायकवादी प्रवृतिको अन्त्य हुने बताउनुभयो । त्यस्तै उहाले अव निष्पक्ष रुपमा निर्वाचन भए कांग्रेसको अत्याधिक बहुमत आउने दावी गर्नुभयो । महतले पार्टी महाधिवेशनको संघारमा रहेकाले पार्टीभित्रको आन्तरिक जिम्मेवारी प्रक्रियाको तयारी भइरहेको बताउनुभयो ।
महतले मुल लक्ष्य भनेको जनताको हितमा काम गर्ने नै भएको भन्दै यसलाई बिर्सन नहुने धारणा राख्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV