२०८२ असार २४, मङ्लबार

   2025, Jul 8 Tuesday

१ बजे बस्ने भनिएको एमालेको स्थायी कमिटी बैठक स्थगित

२९ असार २०७८, मंगलवार १३:१३

२८ असार २०७८, काठमाण्डौं

आज दिउँसो १ बजे बस्ने भनिएको एमालेको स्थायी कमिटी बैठक स्थगित भएकोछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यस विषयमा छलफल गर्नै एजेण्डा रहेको थियो । सरकारबाट बाहिरिने र सर्वोच्चको आदेशबारे समीक्षा गर्ने एण्जेण्डा रहेको थियो । यस्तै एमालेको आन्तरिक विवादबारे पनि ठोस सहमतिको प्रयास बैठकले गर्ने जानकारी गराइएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV