२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

शेरबहादुर देउवा आजै प्रधानमन्त्री बन्ने

२९ असार २०७८, मंगलवार ०९:०८

२८ असार २०७८, काठमाण्डौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिनुहुने भएको छ ।
देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने उहाँको सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार हिजो सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यसविरुद्ध १४६ जना सांसद सर्वोच्च अदालत पुग्नुभएको थियो । सोही मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो । साथै सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसलासमेत सुनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV