२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेस नेता दृगनारायण पाण्डेय विजयी

१७ जेष्ठ २०७८, सोमबार १८:१५

२०७८ जेठ १७ बुटवल


लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १र१ मत बदर भएको थियो । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
पाण्डेयले प्रदेशसभाको २०१६ र स्थानीय तहको २१२४ गरी कुल ४ हजार १४० मतभारसहित विजयी भएका छन् । खड्काले प्रदेशसभाको १९२० र स्थानीय तहको १६९२ गरी कुल ३६१२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV