युरोकपमा आज तीन खेल हुदैं
२९ जेष्ठ २०७८, शनिबार १५:३३

२९ जेष्ठ २०७८, शनिबार
युरोकप फुटबलमा आज तीन खेल हुने भएका छन् । जस अन्र्तगत समूह ‘ए’ को खेलमा वेल्सले स्विट्जरल्याण्डसँग खेल्दा समूह ‘बि’ को खेलमा बेल्जियम र रुस भिड्ने छन् ।
यस्तै समूह ‘बि’ कै खेलमा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् । यसैगरि गएराति भएको खेलमा उपाधि दावेदार इटालीले शानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हराउँदै शानदार सुरुवात गरेको हो । इटालीको जितमा सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक एक गर्नुभयो । टर्कीका मेरिह डिमाइरलले आत्माघाति एक गोल गर्नुभयोे । योसँगै इटालीलाई एक गोल उपहार भयो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ । सन् २०१८ को विश्वकपमा छनौट हुन नसकेपछि रोबर्टो म्यान्सीनीले प्रशिक्षण समालेयता इटालीले सुधारिएको प्रदर्शन गरिरहेको छ ।
