२०८२ जेष्ठ ३०, बिहिबार

   2025, Jun 12 Thursday

बद्री नारायण धामको सहरी बिकाश मन्त्री कृष्ण गोपाल श्रेष्ठ द्धारा अबलोकन

२१ मंसिर २०७७, आईतवार १३:३१

काठमाण्डौ । मंसिर २१ आइतबार
बिगत केहिबर्ष अघिदेखि रामकोटमा निर्माणधिन रहेको बद्रीनारायण धामामा सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अवलोकन गर्नुभएको छ । गत शुक्रबार दिउसो मन्त्री श्रेष्ठले अबलोकनको लागी लागि रामकोट पुग्नुभएको हो । नागर्जुन नगरपालिका वडा नम्बर ९ मा अवस्थित बद्रिनाराण धाम, बृहत नारायण आध्यात्मिक केन्द्र , निर्माण भइराखेको छ। करिव तीस करोडको लागतमा निर्माण सम्पन्न हुने उक्तधामको हालसम्म१२ करोड भन्दा बढीरकम खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त स्थानमा आफ्नो निर्वाचन क्षेत्र पनि भएकोले र नारायण पोखरेल आफ्नो मित्र भएकोले यस स्थानलाई जसरी पनि सम्पन्न गर्नुपर्ने दायित्व आफ्नो रहेको उहाँले उक्त अवसरमा बताउनुभएको छ ।

विगत १२वर्षदेखि नारायण पोखरेको नाममा नारायण पोखरेल स्मृति प्रतिष्ठान गठन गरी वाचन प्रबिण पण्डित दिनबन्धु पोखरको संरक्षकत्वमा उक्त कार्यक्रम अगाडि बढिरहेको छ । नारायण पोखरेलको आध्यात्मिक अभियानका लगायत यहाँको कृतित्व र व्यक्तित्वलाई चिरस्थायी राख्नुको निमित्त हाल रामकोटमा बृहद नारायण आध्यात्मिक केन्द्र सहीतको धाम निर्माण भइरहेको छ । स्थानीय अरूको पहलमा माधवकुमार नेपालको सरकारको पालामा भोगाधिकार प्राप्त २२रोपनी जमिन लाई प्रतिष्ठानले संरक्षण गर्दै उक्त स्थानमा बृहत आध्यात्मिक केन्द्र र बद्री नारायण धामको अवधारणाअनुसार निर्माण कार्यमा अगाडि बढिरहेको प्रतिष्ठानले जनाएको छ । भ्रमणको क्रममा प्रतिष्ठानले मन्त्री श्रेष्ठ लाई अभिनन्दन समेत गरेको थियो । विभिन्न दाता हरु बाट प्राप्त दान दातव्य लगायत नेपाल सरकार प्रदेशसरकार र स्थानीय सरकारको पनि सहयोगमा उक्त धाम निर्माण भइराखेको छ ।आगामी वर्षको ठुलो एकादशि को दिन उद्घाटन हुने गरी निर्माण गरिएको मन्दिर पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो । करिब ३ करोडको लागतमा निर्माण हुने मन्दिरमात्र को आधाआधी काम सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।

२२ रोपनी जमिन एकीकृत गर्दै प्रतिष्ठानले उक्त स्थानमा बद्री नारायणको मन्दिर ,हवनकुण्ड प्रसासनिक भवन, ध्यान कुटीहरु , गुरु आश्रम, नारायण पोखरेल को सालिक त्यस्तैगरी गुरुकुल , धार्मिक पुस्तकालय , ध्यानकेन्द्र , गौशाला, विशेष सुविधासम्पन्न संत्संघ हल , नारायण पोख्रेल को ब्यातित्व झल्काउने गरी , धार्मिक पुस्तकालय लगायतको विभिन्न धार्मिक गतिबिधि संचालन गर्ने प्रतिष्ठानले जनाएको छ । उक्त क्षेत्रमामन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो धारणाहरु राख्दै धामलाई अवलोकन भ्रमणको क्रममा मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र पनि भएको र नेपालको नमूना धामको रुपमा स्थापित गर्नको लागि पण्डित दिनबन्धु पोखरेलले पनि अभियान चलाइ रहनु भएकोले यस क्षेत्रलाई जतिसक्दो चाँडो नमुनाको रुपमा स्थापित गर्दै नेपाल कै नमुना बद्रीनारायण धामको रुपमा स्थापित गर्न नेपाल सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।सोहीक्रममा नारायण पोखरेल प्रतिष्ठानका संरक्षक वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, माहासचिव प्राध्यापक डा. बिष्णु खनाल, उपाध्यक्ष जयराम लामिछाने, नागार्जुन नगरपालीकाकि उप प्रमुख शुसिला अधिकारी ,समाजसेबि भगबानराज घले लगायतले हालसम्म भए गरेका उन्नति प्रगतिका विषयमा चर्चा गर्नुभएको थियो । हाल त्यस क्षेत्रमा विभिन्न व्यक्तिहरूकोे समय समयमा चासो ब्यक्त भइ रहेको छ र नागर्जुन नगरपालिकाले पनि उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अवधारणा समेत अगाडि बढिरहेको छ यसरी नारायण पोखरेल को नाममा प्रतिष्ठान स्थापना गरी उहाँको व्यक्तित्व र कृतित्व लाई स्थापित गर्ने उद्देश्यसहित विभिन्न समयमा धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गरी त्यसबाट उठेको दातव्य समेत उक्त धाम निर्माणको लागि खर्च भइरहेको प्रतिष्ठानका सदस्यहरुले बताउनुभएको छ । धार्मिक सहीद वाचन शिरोमणि पण्डित नारायण पोख्रेल बाट भएको योगदानको स्थायी संरक्षणको लागि यस क्षेत्रमा भ्रमणको लागि अनुरोध पनि गर्दछौं ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV