२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

प्रधानमन्त्री ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको पूर्व प्रधानमन्त्रीहरुको ठहर

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आईतवार १२:०५

२९ जेष्ठ २०७९, आइतबार


पाँच पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ ।
यस्तो अवस्थामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल हुन नपाओस् भनी उहाँहरुले सजगता अपनाउन सबैको ध्यान आकर्षण गराउनुभएको छ । हिजो शनिबार नेपालका पाँच जना पुर्व प्रधानमन्त्रीहरुले संयुक्त वक्तब्य जारी गदै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नु पर्ने र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस भन्ने तर्फ सबै सचेत रहनुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल पुष्पकमल दाहाल ‘प्रचण्ड’, र डा. बाबुराम भट्टराईले विज्ञप्तिमार्फत नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको उल्लेख गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीले कोरोना महामारीका समयमा स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिएको तथा सत्ता स्वार्थमा लिप्त भएर राज्ययन्त्र, सरकारी साधन र स्रोतको व्यापक दुरुपयोग गरिएको उल्लेख गर्नुभएको छ । नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग पूर्वप्रधानमन्त्रीहरुले अपिल छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV