२०८२ जेष्ठ ७, मङ्लबार

   2025, May 20 Tuesday

टोकियो ओलम्पिकमा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने

१८ असार २०७८, शुक्रबार १४:०५

१८ असार २०७८

आगामी महिनाबाट जापानको टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छिन् । यस अघि गोपीनाथ पार्की प्रतिस्पध्र्दिका रुपमा छनौट भएका थिए । टोकियो ओलम्पिक कमिटीले पार्कीका नाममा असहमति जनाएपछि उनको सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीका सट्टा चौधरीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने सार्वजनिक गरेका हुन् । ‘युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तरराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध चौधरीसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले पनि टोकियो ओलम्पिकमा सहभागिता जनाउने छन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV