कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन गभर्नरको सुझाव
२३ कार्तिक २०७८, मंगलवार १८:१९
२३ कात्तिक, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय क्षेत्रहरुलाइ सुझाव दिनुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै उहाले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन सुझाव दिनुभएको हो । उहाले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको स्मरण गर्नुभयो । उहाले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको धारणा राख्नुभयो । गभर्नर अधिकारीले उत्पादनशिल गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा मुलुकको अर्थतन्त्रमा सहयोग गर्ने बताउनुभयो ।
संघले नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान अध्यक्ष भुव कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन हुनुभएको छ । संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन हुनुभएको छ ।