२०८१ चैत्र १४, शुक्रबार

   2025, Mar 28 Friday

एमाले फुटेको नभई चोइटिएको ओलीको भनाई

१९ भाद्र २०७८, शनिबार १९:०८

भाद्र १९, काठमाण्डौं


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेकपा एमाले महानगर भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीबाट केही बिग्रिएका मानिस मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने बताउनुभएको हो । उहाले पदका लागि नै माधव नेपालले अर्को पार्टी खोलेको आरोप पनि लगाउनुभयो ।
उहाले आगामी चूनावमा एक्लाएक्लै प्रतिष्पर्धा गरे एमाले बाहेक कुनै दलले एक सिट पनि ल्याउन नसक्ने दावी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले छिमेकी मुलुकसंगको सम्बन्ध बिगार्न खोजेको बताउनुभयो । चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै ओलीले अरु कसैलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको आरोप लगाउनुभयो । समितिले एउटा मात्र पनि सीमा विवाद देखाउन उहाले चूनौति दिनुभयो । त्यस्तै उहाले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने उहाको भनाई छ । सम्बोधनका क्रममा ओलीले वामदेव गौतमले उपप्रधानमन्त्री खानका लागि आफुलाई गाली गरेर एमाले छाडेको आरोप लगाउनुभयो ।
ओलीले अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै मन्त्री पदका लागि गठबन्धन भएको समेत तर्क गर्नुभयो । उहाले एमाले अझ सशक्त ढंगले अघि बढ्ने भन्दै उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV