मुलुकभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्
५ बैशाख २०७६, बिहीबार १५:१९
५ बैशाख, काठमाडौँ । नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरिसहित पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाइको माग गर्दे मुलुकभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । ज्ञापन पत्र बुझाउनुअघि काठमाडौ जिल्ला प्रशासन कार्यालय लगाएत मुलुकभरका प्रशासन कार्यालय बाहिर पत्रकारहरुले धर्ना समेत दिएका थिए । पत्रकार पक्राउको विरोध गर्दे आन्दोलनको घोषणा गरेको महासंघले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको थियो यसपछिका थप कार्यक्रम महासंघको केन्द्रीय समिति बैठकले तय गर्ने महासंघले जनाएको छ ।

