स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु
१ मंसिर २०७६, आईतवार १२:०५
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटर खाल्डो छलाउने क्रममा अनियन्त्रित भई शनिबार दुर्घटना भएको हो । धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं पठाएकोमा उपचारका क्रममा आइतबार बिहान ३ बजेतिर एकजनाको मृत्यु भएको हो। मुत्यु हुनेमा स्कुटरको पछाडि बसेकी कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौं कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ ।
Share on Social Media

