चीनको आगलागीमा परी पाँच जनाको मृत्यु
२९ कार्तिक २०७६, शुक्रबार १३:२०
पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। स्थानीय समय अनुसार शुक्रबार बिहान ५ः५७ बजे आगलागि भएको हो । आगालागी भएको बेला भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको छ । उपचारको क्रममा पाँच जनाको मृत्यु भएको छ भने एक जनाको अति सघन कक्ष (आईसीयू)मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको छ ।
Share on Social Media

