२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

लमजुङका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव हुँदा समस्या

२९ कार्तिक २०७६, शुक्रबार १२:०७

लमजुङका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव हुँदा समस्या भएको छ । कर्मचारी समायोजनको क्रममा खटाइएको ठाउँमा स्वास्थ्यकर्मी नपुग्दा जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समस्या भएको हो । गाउँपालिकाअन्तर्गत ६ वटा वडामा ६ स्वास्थ्य संस्था भए पनि स्वास्थ्यकर्मी भने एकजना मात्रै छन् । अधिकांश स्वास्थ्यकर्मीको रोजाइमा सुगम क्षेत्र पर्ने भए पनि संघीयता कार्यान्वयनसँगै जिल्लाको सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा पनि स्वास्थ्यकर्मीको अभाव छ । भौगोलिक रूपमा नगरपालिका सुगम भए पनि समायोजनको क्रममा अधिकांश स्वास्थ्यकर्मीको रोजाइमा नपर्दा अधिकांश स्वास्थ्य दरबन्दी रिक्त रहेको बेंसीसहर स्वास्थ्य शाखा प्रमुख मनोज बोहोराले बताए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV