२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

बंगलादेशका राष्ट्रपति स्वदेश फर्किँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

२९ कार्तिक २०७६, शुक्रबार १०:३३

चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् । उनी बंगलादेश उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV