लागुऔषधसहित एकजना पक्राउ
२८ कार्तिक २०७६, बिहीबार १०:३९
रामपुर नगरपालिका–१ का १८ वर्षीय अवि तामाङलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट डाइजोपाम १५० एम्पुल, फेनारागन १७५ एम्पुल, नुफ्रिन १२५ एम्पुल, नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बुधबार पक्राउ परेका तामाङविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
Share on Social Media

