१५ वर्षीया किशोरीले बनाईन नयाँ कीर्तिमान
२५ कार्तिक २०७६, सोमबार १२:०५
१५ वर्षीया किशोरीले बनाईन नयाँ कीर्तिमान
भारतका महान क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमानलाई भंग गर्दै कम उमेरमा ५० रन बनाउदै सेफालि बर्माले शनिबार नयाँ कीर्तिमान राखेकि छिन । नयाँ रेकर्ड बनाउने क्रममा बर्माले वेस्ट इन्डिज विरुद्धको टी २० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाएकी थिइन्। यसअघि तेन्दुलकरको १६ वर्ष २४१ दिनमा सन् १९८९ मा फैसलावादमा भएको खेलमा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खलामा अर्धशतक प्रहार गरेका थिए ।
Share on Social Media

