चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्तिका लागि आवेदन माग
१९ कार्तिक २०७६, मंगलवार १२:३७
निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को
दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो । ‘निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाइ
आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेश गर्न’ सूचनामा
भनिएको छ ।
Share on Social Media

