नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु
१३ कार्तिक २०७६, बुधबार १६:०६
यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाःले (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउ नुभएको थियो ।
नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक सङ्घ संस्थाले बिहानै ¥याली निकालेर नेपाल संवत्को भव्य स्वागत गरेका छन् । विभिन्न भेषभूषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी विभिन्न टोल टोलबाट निकालिएको ¥याली नगरपरिक्रमा पछि वसन्तपुरमा आएर मुख्य समारोहमा समाहित भएको थियो ।

