२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

‘स्पन्ज आइरनमा अन्तशुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन सरकारमाथि तीव्र दवाव

१६ कार्तिक २०७८, मंगलवार १७:१३

१६ कात्तिक, काठमाण्डौं ।


सरकारले प्रतिस्थापन विधेयकमार्फत ‘स्पञ्ज आइरन’ को आयातमा भन्सार शुल्क घटाइ स्टिल ‘विलेट्स’को आयातमा अन्तःशुल्क लगाउने व्यवस्थाप्रति संसदीय समितिमा उद्योगीबीच आरोप प्रत्यारोप भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपालमा स्पञ्ज आयात गरेर विलेट्स उत्पादन गरी डण्डी बनाउँदै आएका उद्योगीले उक्त व्यवस्थाको स्वागत गरेका हुन् भने विलेट्स आयात गरी डण्डी उत्पादन गर्दै आएका उद्योगीले भने विरोध गरेका थिए ।
बैठकमा पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा शून्य भन्सार दर लगाउदा उद्योगी मर्कामा परेको बताउनुभयो । सरकारको उक्त निर्णयले १५० अर्ब लगानी गरेका दुई दर्जन बढी उद्योग नराम्ररी प्रभावित भएको उहाँको भनाइ छ । यस निर्णयबाट विलेट्स आयात घट्दै र स्पञ्ज आयात बढ्दै गएकाले राजश्व गुम्दै गएको उहाले बताउनुभयो ।
सरकारको उक्त निर्णयबाट फलाम उद्योगका क्षेत्रमा सकारात्मक परिमाण दिएको नेपाल स्टिल विलेट उत्पादक संघको भनाइ छ । सङ्घका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले प्रतिस्थापन विधेयकमा गरिएको व्यवस्थाले नेपालमा डण्डीको मूल्य घट्ने अवस्था आएको बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले सरकारको निर्णयबाट उद्योगीलाई अप्ठ्यारो पर्न नहुने र देशमा सञ्चालित उद्योगको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने धारणा राखेका थिए । सरकारले अािर्थक विधेयक २०७८ मार्फत फलामे डण्डीसँग सम्बन्धित कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल तथा अन्तःशुल्क पूर्णरुपमा छुट गरेको छ भने विलेट्स आयातमा ४ दशमलव ७५ प्रतिशत भन्सार महसुल तथा भन्सार विन्दुमै प्रतिमेट्रिकटन रु दुई हजार ५०० अन्तःशुल्क कायम गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV