२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

सरकारबाट सिफारिस भएका राजदूतका बिरुद्ध उजुरी आह्वान गर्ने सुनुवाइ समितिको निर्णय

१६ कार्तिक २०७८, मंगलवार १५:२९

१६ कात्तिक, काठमाडौं ।


संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले बेलायत, अमेरिका र भारतको लागि सिफारिस भएका राजदूतको सुनुवाई प्रक्रिया अघि बढाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सरकारबाट सिफारिस भएका राजदूतका बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केहिदिनअघि बसेको मन्त्रीपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
१० दिनको समयपछि प्रस्तावित राजदूतहरुमाथिको थप सुनुवाई अघि बढ्ने सभापति कर्णले बताउनुभयो । सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV