एमालेसहित पुन बैठक राखेर सहमति खोज्न सभामुख लाई सुझाव
२८ भाद्र २०७८, सोमबार १९:४९
भाद्र २८,काठमाण्डौं
बिभिन्न दलका नेताहरुले प्रतिपक्षीलाई सम्वादमार्फत नै सहमतिमा ल्याई संसद सञ्चालन गर्न सभामुख अग्नी सापकोटालाई सुझाव दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले एमालेसहितको अर्को बैठक राखेर मतभेद अन्त्य गर्दै संसद सञ्चालन गर्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । संसदमा देखिएको गतिरोध अन्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो भने एमालेले बैठक बहिष्कार गरेको थियो ।
एमालेले नै संसद अवरुद्ध गरेको र सर्वदलीय बैठकमा पनि सहभागी नभएकाले कुनै ठोस निष्कर्ष निस्कन नसकेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताउनुभयो ।
उहाले एमालेसहित पुन बैठक राखेर सहमति खोज्न सुझाव दिएको बताउनुभयो । बैठकमा संसद्मा जारी अवरोध खुलाउनका लागि अधिकतम पहल गर्ने सभामुखले बताउनुभएको पौडेलले जानकारी दिनुभयो ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण
बिना निष्कर्ष टुंगिएको जानकारी दिनुभयो । एमालेसँग फेरी पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उहाको भनाई छ ।
सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षि एमालेले संघीय संसदको अधिवेशन चालू भएदेखि दुवै सदनमा अवरोध गरिरहेको छ

