अब जनता मन्त्रालय हाेईन मन्त्री जनतामा जाने हाे : हरीशरण आचार्य
१९ भाद्र २०७८, शनिबार २१:४८
भाद्र १९, गोरखा
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खाने पानी मन्त्री हरीशरण आर्चायले गोरखा घ्याम्पेसाल सडकको अनुगमन गनुभएको छ ।
वर्षात को कारण क्षति ग्रस्त भएका गोरखा नगरपालिका १ मा रहेको महाँलक्ष्मी माविकोखे आलेको विद्यालय प्रांगणमा भएको क्षतिको अवलोकन गर्नु भएको थियो । विगतका सरकारहरुले जनताहरुलाई मन्त्रालय बोलाउने गरेकोमा अबको सरकारको मन्त्रीहरु आफै जनताको घर दैलोमा पुग्ने गरी व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे । नगरपालिकामा रहेका ग्रामीण सडक खण्डहरुको अवस्था दयानिय बन्दै गएको छ मा चिन्ता ब्यक्तगदै सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउने बताउनु भयाे।
भिमसेन थापा गाउँपालिका वडा नं. ५ मा रहेको हेड्स नेपालको स्रोत केन्द्र अवलोकन गदै सिन्चाई र खानेपालिको व्यवस्था मन्त्रालयबाट गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही गाउँपालिकाको वडा नं २ मा रहेको कुवापानी स्थित क्षति ग्रस्तउ सहिद स्मारक प्रतिक्षालयको समेत अवलोकन गर्नुभएको थियो । गोरखा नगरपालिकाको फिनाम आले भञ्जयाङ्ग क्षेत्रमा हरेक वर्ष वर्षा याममा पिच भत्कीएर सडक हिलाम्मे भई साना तथा ठूला सवारी साधनहरु संचालनमा समस्या भैरहेको छ । केही समय अगाडी गोरखाका जन प्रतिनिधिहरु आर्फैले सडकमा कोदो रोपेर बिरोध जनाएका थिए ।



