स्पेनिस ला लिगा अन्तर्गत खेलमा रियल मड्रिड बराबरीमा रोकियो
७ भाद्र २०७८, सोमबार ०९:४२
७ भाद्र, काठमाण्डौं
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
स्टेडियो सियुडाड डी भ्यालेन्सियामा सम्पन्न खेलमा रियल १० खेलमा सीमित टोलीसँग बराबरीमा रोकिएको हो । खेलको पाँचौ मिनेटमै ग्यारिथ बेलले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गाल गरेका हुन् । दोस्रो हाफमा सुरुमै लेभान्टेले खेल बरारीबमा ल्यायो रोगर मार्टी ले खेलको ४६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। जोस काम्पनाले ५७ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई २–१को स्थितिमा पुर्याए । रियलका लागि ७३ र ८५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए भने लेभान्टेका रोबेर पिएरले ७९औं मिनेटमा गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा लेभान्टेका एइटोर फर्नान्डेज रेडकार्ड खाँदै बाहिरिँदा अन्तिम समयमा लेभान्टे १० खेलाडीमा समेटिएको थियो ।

