२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

पार्टी एकताको लागि १० बुँदेको पूर्णपालना गर्नुपर्ने अष्टलक्ष्मी शाक्यको भनाई

५ भाद्र २०७८, शनिबार १८:३०


काठमाडौँ, ५ भदौ


नेकपा एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताउनुभएको छ ।
एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्यले आफु सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्दै नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताउनुभएको हो ।
शाक्यले केही शक्तिले एमालेलाई कमजोर बनाउन खोजिरहेको आरोप पनि लगाउनुभयो । अहिलेको अवस्थाबाट पार्टीले नोक्सानी व्यहोरेको भन्दै उहाले नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताउनु भयो ।
आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने भएकाले सवै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले वाग्मती प्रदेशका पार्टी र मुलुकलाई जोगाउन एकतावद्ध भएर अगाडि बढ्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।
पार्टी जोगाउनको लागि वाग्मती प्रदेशमा डोरमणि पौडेलले गरेको त्याग सम्मानयोग्य रहेको उहाको भनाई छ ।
कार्यक्रममा मञ्चले वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यलाई सम्मान गरेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV