फिफा महिला वरीयतामा नेपालको स्थान खस्कियो
५ भाद्र २०७८, शनिबार ०८:४९
काठमाडौँ, ५ भदौ ।
नेपालको फिफा महिला वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०० औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो स्थानमा उक्लदा जर्मनी तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्ड्स चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैठौं, ब्राजिल सातौं, इंग्ल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १० औं स्थानमा रहेको छ ।

