कपिलवस्तुमा नाबालकको हत्या गरेको अभियोगमा युवक पक्राउ
३० आश्विन २०७६, बिहीबार १३:५०
कपिलवस्तुमा नाबालकको हत्या गरेको अभियोगमा शिवराज नगरपालिका–६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिनको नाबालक शिशु आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने ३५ वर्षीय राम सुरत यादव पक्राउ परेका छन् । आशिष यादवलाई आफ्नै फुपुले खेलाइरहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको हो ।
Share on Social Media

