नेता नेपाल अर्को पार्टी दर्ता गरि अघि बढ्ने
१ भाद्र २०७८, मंगलवार १९:४१
१ भाद २०७८,काठमाण्डौं
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गरिने जानकारी दिनुभएको छ ।
मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अव छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताउनुभएको हो । केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उहाले अव नयाँ दलमार्फत जनतामा जाने बताउनुभएको थियो । छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताउनुभयो । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उहाको भनाई छ । उहाले लोकतान्त्रीक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सवैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राख्नुभयो ।
सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।

