२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

आफ्नो कार्यकाल सम्झनलायक बनाउने विद्यासुन्दर को भनाई

२५ श्रावण २०७८, सोमबार १८:४६

२५ साउन २०७८, काठमाण्डौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल सम्झनलायक बनाउने बताउनुभएको छ ।
आइतबार बुद्ध पार्कको सिलान्यास गर्दै आप्mनो पाँच वर्षे कार्यकालमा जनताले सम्झनलायक कार्य सम्पादन गर्ने प्रमुख शाक्यले बताउनुभएको हो । उहाले योजना बनाएर आफुहरु अघि बढिरहेको जानकारी दिददै काठमाडौ महानगरले नीतिनै बनाएर एक वडा एक पार्कको नीति अवलम्बन गरेको जानकारी दिनुभयो । मेयर शाक्यले सम्पदा संरक्षण अभियान जस्तै पार्क निर्माण अभियान समेत सञ्चालन गरेको बताउनुभयो । कुनै पनि कार्यलाई सफल बनाउन स्थानीयको भरपुर सहयोग चाहिने उल्लेख गर्दै अवको केही समयपछि काठमाडौंलाई हेर्न दायक सहरमात्रै होइन बस्न लाएक शहरको रुपमा विकास गर्ने बताउनुभयो ।
शाक्यले रानीपोखरी आफ्नै कार्यकालमा निर्माण सम्पन्न भएकाले चुनावमा आफुले दिएका बाचाहरु पुरा गरिहेको बताउनुभयो । उहाले कमलपोखरीको निर्माण समेत रानीपोखरी भन्दा राम्रो हुने बताउनुभयो । रानीपोखरी,धरहरा र कमलपोखरीको सुन्दरतामा आन्तरिक तथा बाह्य पर्यटकहरु झुम्ने शाक्यको भनाई छ । पार्क सिलान्यास कार्यक्रममा काठमाडौ माहानगरपालिकाका उपमेयर, वडा अध्यक्ष लगायत सर्वसाधरणको समेत सहभागिता रहेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV