२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

एमालेका नेता लाई आफ्नो भाग खोसिने चिन्ता

२५ श्रावण २०७८, सोमबार ०७:४८

२५ श्रावण २०७८, काठमाण्डौं

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा एकताको प्रयासलाई त्याग्न नहुने मान्यता जीवित र सक्रिय देखिन्छ । नेता नेपालले ओली बराबरकै हैसियत र अधिकारसहित एकीकृत पार्टीमा दोस्रो अध्यक्षको व्यवस्था गर्ने सर्त ओलीसमक्ष राखिसकेका छन्। ओलीले नेपालजस्तो ‘गद्दार’लाई पार्टीमा ठाउँ नभएको सार्वजनिक रूपमा आरोप लगाए पनि उनीपक्षीय नेताहरूले नेपालसँगको एकताको वार्ता औपचारिक तथा अनौपचारिक रूपमा जारी राखेका छन् ।
ओलीका अत्यन्तै निकटम सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत नेपालसँग वार्ताको प्रयासमा छन् । उनीहरूले ओलीलाई केही लचकता देखाउन र पार्टीको हितमा नेपाललाई स्विकार्न दबाब दिइरहेका छन् । एकताका पक्षधर दोश्रो तहका नेताहरु २४ सै घण्टा जस्तो नेपालसहितको पार्टी एकताका लागि लागिपरेका छन् । तरपनि नतिजा हासिल हुन सकेको छैन । तैपनि, उनिहरुमा थकान अनुभुत भएको छैन । ओली पक्षमै पनि कतिपय नेताहरु नेपालबिनाको एकता खोजी रहेकाछन् जसले परिस्थितीलाई एकता चाहने अनुकल बनाउन सकेको छैन । ओली पक्षमा नेम्वाङ, पौडेल, गुरुङलगायत प्रभावशाली नेता ओलीको चाहनाविपरीत गएर पनि नेपालसहितको पार्टी एकताका लागि प्रयासलाई जीवितै राख्ने प्रयास गरिरहेका बेला ओली खेमाकै शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले नेपालको सर्तमा एकता हुन नहुने समानान्तर अडान लिइरहेका छन् । नेपाल पक्ष जुन किसिमबाट अनिर्णीत भयो। पार्टी हितविपरीत जे जे काम गर्यो त्यसबाट सबैभन्दा आक्रोशित शंकर पोखरेल, ईश्वर पोखरेललगायत नेता छन्। त्यो सार्वजनिक रूपमै पनि छताछुल्ल छ। उनीहरूले अब नेपाल आउनुभन्दा नआउनुमै फाइदा देखेका छन् । एकताले महाधिवेशनमा शंकर र ईश्वर दुवैमा रहेको नेतृत्वको महत्वाकांक्षामा व्यवधान पुग्ने ठहर उनिहरुको रहेकै कारण पनि यतिबेलाका प्रयासहरु ब्यर्थ जस्तो देखिएकाछन् । हाल पार्टीको महासचिव रहेका ईश्वर आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार र शंकरले आफुलाई महासचिवका लागि तयार गरेकाछन् । यदि एकता भएमा यि दुबै नेताको महात्वाकांक्ष धुलीसात हुन पुग्दछ ।
उता, प्रधानमन्त्री पदबाट ओलीको बहिर्गमनलाई उनको पतनको सुरुवात मान्दै एकीकृत पार्टीमा आफ्नो हैसियत सुदृढ गर्न नेपालले नयाँ–नयाँ र कठोर सर्त थप्दै गएका छन्। यसलाई उनले भविष्यमा पार्टीमा सम्झौता भएको खण्डमा ओलीले कुनै किसिमले त्यसभन्दा बाहिर गएर बहुसंख्या र अल्पसंख्याको खेल नखेलुन् भनी सुनिश्चित गर्न यस्ता सर्त तेस्र्याएका हुन्। नेपालका यिनै शर्त पनि यतिबेला पोखरेलद्वयका लागि ओलीलाई एकताका विरुध्दमा उकास्ने माध्यम बन्न पुगेकाछन् ।
हालै ओलीले पार्टी एकीकरणका लागि दुई अध्यक्षको व्यवस्था गर्न सिद्धान्ततः तयार भएपछि नेम्वाङसहितको टोलीले नेपालबाट त्यसको अनुमोदन लिएको तर अन्तिममा ओलीले ईश्वर र शंकरकै दवावमा कुरा फेरेको वार्ता टोलीमा आबद्ध एक नेताले बताए। नेतृत्वले यसरी अडान फेर्दा तपाईंको विश्वासनीयतामाथि प्रश्न उठ्ने भन्दै उनीहरूले ओलीलाई चेतावनी दिएका थिए। आफ्नो असन्तुष्टि व्यक्त गरेपछि ओलीले ती नेताहरूलाई नेपालतर्फ ढल्किएको आरोप समेत लगाएका थिए।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV