२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

इमानदारीपूर्वक ड्युटी गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरी पुरस्कृत

२२ श्रावण २०७८, शुक्रबार १८:५३

२२ श्रावण २०७८, काठमाण्डौं


ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी इमानदारीपूर्वक ड्युटी गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई ट्राफिक महाशाखाले पुरस्कृत तथा सम्मान गरिएको छ ।
सम्मानित हुनेहरु मध्ये ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको थियो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको थियो । फलस्वरुप घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एव सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनु भयो ।
ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पार्नुभयो ।
उहाँले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पु¥याउन बफादार एव निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिनुभयो । गत आर्थिक बर्षमा घुष बापत रु.९०,१५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV