२०८२ फाल्गुन २५, सोमवार

   2026, Mar 9 Monday

पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट लिए सन्यास

१९ श्रावण २०७८, मंगलवार १३:१०

१९ साउन २०७८, काठमाण्डौं


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।
खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने बताउनुभएको छ । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गर्नुभएको हो । उहाँकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसिय मान्यतासम्म प्राप्त गरेको थियो । नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उहाँले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गर्नुभयो । एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहनुभएका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेल्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV