२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

लागु औषध कोकिन सहित प्रहरीले १३ जना पक्राउ

१८ श्रावण २०७८, सोमबार १८:३९


साउन १८ २०७८ काडमाण्डौं


लागु औषध कोकिन सहित प्रहरीले १३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरोले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिन सहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।
प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलबाट चार जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुबाट ५ सय ग्राम कोकिन फेला परेको थियो । पक्राउ परेका मध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको व्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ । प्रहरीले साउन १० गते चितवन भरतपुर महानगरपालिका ७ बाट गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भागदै गरेको अवस्थामा पक्राउ गरिएको र त्यसपछि अनुसन्धान गर्दै जाँदा थप व्यक्ति पक्राउ गरेको थापाले बताउनुभयो ।
त्यसपछि प्रहरीले अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन र ७ लाख ५० हजार सहित पक्राउ गरेको थियो । त्यस लगतै थप अनुसन्धान गर्दा रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको व्युरोले जनाएको छ । साउन ११ गते प्रहरी काठमाडौं रानीबारीबाट नै रोयल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको र त्यसपछि सुदन शाक्य र मछिन्द्र धमला पक्राउ परेको व्युरोको भनाई छ । बरामद गरेको कोकिनको बजार करिव साढे चार करोड रहेका प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV