२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

‘भारतीय ज्यादतीविरुद्ध भारतीय दूतावास अगाडी विरोध प्रदर्शन

१८ श्रावण २०७८, सोमबार १८:२७


साउन १८ २०७८, काठमाण्डौं


दार्चुला घट्नाको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थीत भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।
दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ को संज्ञा दिएको छ ।
उनीहरुले उक्त घटनाको छानविन गरि दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सैह्य नहुने भन्दै बिरोध गरिएको बताउनुभयो । भारतीय पक्षबाट नेपालीमाथि गर्ने जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दुखद रहेको उहाको भनाई छ ।
संगठनले नेपाल भारतबीचको असमान सन्धी सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV