२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

विष्णु पौडेलले वरिष्ठ नेता नेपालाई भेट्ने

१५ श्रावण २०७८, शुक्रबार १२:०५

१५ साउन २०७८, काठमाण्डौं


नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वतहमा देखिएको कलह साम्य पानै दोश्रो तहका नेताहरुको दौडधुपमा अझै कमी आएको छैन । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्ने र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने विषयमा छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथी निरन्तर दवाव सिर्जना दिन थालिएको छ ।
बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले संसदीय दलका उपनेता सुवास नेम्वांगले भेटेर पार्टी एकताका लागि सहजीकरण गरिदिन अनुरोध गरे लगत्तै आज शुक्रबार अर्का नेता विष्णु पौडेलले नेता नेपाललाई भेट्ने भएका छन् ।
बिहीबार दिउँसो भएको डेढ घन्टा भेटघाटमा संसदीय दलका उपनेता नेम्वांगले नेपालसँग पार्टी एकताबारे कुरा गरेको जानकारी दिएकाछन् । नेम्वाङले नेता नेपालसँगको भेटमा अध्यक्ष ओलीसँग भेट्न समेत अनुरोध पनि गरेका थिए । नेम्वांगको अनुरोधलाई सकामरात्मक रुपमा लिंदै नेपालले यस बिषयमा अन्य साथीहरुसँग समेत सल्लाह गरेर जवाफ दिने बताएका थिए । यसै सिलसिलामा नेपाल र पौडेलबीच आज भेटघाट हुने भएको हो ।
केही दिनयता अस्वस्थ भएर घरमै आराम गरिरहेका पौडेल र नेपालबीच आज हुने भेटमा पनि पौडेलले नेपाललाई ओलीसँग भेटका लागि अनुरोध गर्ने उनीनिकट एक नेताले बताए । पार्टीमा देखिएको पछिल्लो विवादको निरुपण ओली र नेपालबिचको भेटमा हुने छलफलबाट मात्रै सम्भव हुने निष्कर्षमा दोश्रो तहका नेताहरु पुगेकै कारण दोश्रो तहका नेताहरु यतिबेला दुबै नेताहरुको भेटको तारतम्य मिलाउन लागि परेका छन् । यसैका लागि यतिबेला दोश्रो तहका नेताहरुको दौडधुप यतिबेला बढेको हो । यसअघि अहिले जारी भएको विवाद समाधान गर्न अध्यक्ष ओलीले शनिबारसम्मको अल्टिमेटम दिएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV