२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

गोरखामा जनप्रतिनिधि र स्थानीयले सडकमै कोदो रोपेर विरोध

१५ श्रावण २०७८, शुक्रबार १०:०२

१५ साउन २०७८, काठमाण्डौं


सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेका कारण सडक हिलाम्मे भएपछि गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् ।
गोरखा नगरपालिका–४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् । सडक हिलाम्मे भएर सवारी आवागमन असहज हुदा पनि ठेकेदारले मर्मतमा चासो नदिएको उनीहरुको गुनासो छ । प्ले कार्डसहित उनीहरु विरोधमा थिए । वडा नं ४ का अध्यक्ष खोप बहादुर अधिकारीले सांकेतिक रुपमा बिरोध स्वरुप कोदो रोपेको बताएका छन् । ठेकेदार र सम्बन्धित निकायले अझ पनि बाटो मर्मतमा चासो नदेखाए स्थानीय प्रशासन र पूर्वाधार कार्यालयमा गएर आन्दोलन गर्ने अधिकारीको भनाई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयलाई समेत जानकारी गराइसकेको बताउदै अधिकारीले बताएका छन् । हिलाम्मे सडकका कारण धेरै सवारीहरु त्यहा फस्ने गरेका छन् । एम्वुलेन्स र चार पाङ्ग्रे साना सवारी आउजाउ गर्न सक्ने अवस्था छैन । यात्रुवाहक बसलाइ पनि एक्साभेटर वा ट्याक्टरले तान्नुपर्ने बाध्यता छ । बिहीवार पनि एक्साभेटरको सहयोगमा वसहरु पार गराइएको ग्रामिण सडकमा सेवा दिदै आएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका महासचिव अन्जन खत्रीले बताए ।
मसेलका ठाकुर प्रसाद बोहोराले ठेकेदारलाइ कारवाही हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणमा चासो नदिएको स्थानीयको आरोप छ । गोरखा बजारको अस्पतालचोक–बराह–फिनाम खण्डमा पर्छ । उक्त खण्डको ४.६ किलोमिटर सडक कालोपत्रेका लागी वानिया निर्माण सेवासँग ठेक्का सम्झौता भएर काम शुरु भइसकेको छ । दुई बर्षमा सक्ने गरी २०७७ साल भदौमा ठेक्का सम्झौता भएको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । दुई बर्षमा सक्नुपर्ने उक्त कामको कुल लागत भ्याट सहित ९ करोड ८६ लाख रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV