२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

नेपाली कांग्रेसमा विवाद समाधान नहुँदा महाधिबेशन नहुने आशंका

१४ श्रावण २०७८, बिहीबार २०:३४

१४ साउन २०७८, काठमाण्डौं


नेपाली कांग्रेसको क्रियाशील छानबिन समितीले केही जिल्लाको विवाद यथावत राखेर पार्टी सभापति शेर बहादुर देउवालाइ प्रतिवेदन बुझाएको छ ।
बिहीबार देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले बिभिन्न ६ जिल्लाको विवाद यथावत राखेर प्रतिवेदन बुझाउनुभएको हो ।
क्रियाशिल सदस्यता विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन बिहीबारसम्मको समय प्रदान गरिएकोमा समितीले केही त्रुटि सच्चाएर मात्र प्रतिवेदन बुझाएको हो । सप्तरी, बारा, धनुषा, सर्लाही–२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको नेताहरुले जनाएका छन् ।
छानविन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पार्टीमा बुझाइएको र अव विवादका बिषयहरु नेताहरुकै तहबाट छलफल गरेर समाधान गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाले ५ दिन भित्र विवाद समाधान गर्ने प्रतिवद्धता नेताहरुले जनाएको बताउनुभयो । लेखकले तोकिएको समयमा नै महाधिवेशन गर्नका लागि पार्टी गम्भीर भएर छलफलमा लागेको उल्लेख गर्नुभयो ।
त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले ४ प्रतिशत बाँकी काम रहेको र यसले महाधिवेशन प्रभावित नहुने बताउनुभयो । अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने उहाले बताउनुभयो ।
अरु पार्टीबाट समायोजनामा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेको नेताहरुले बताएका छन् । क्रियाशिल विवादकै कारण कांग्रेसको तल्लो तहको अधिवेशन नै प्रभावित भएको छ । जसका कारण तोकिएको समयमा महाधिवेशन हुनेमा आंशका पैदा भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV