२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

आजदेखि पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु

१४ श्रावण २०७८, बिहीबार १०:१२

१४ साउन २०७८, काठमाण्डौं


काठमाडौं उपत्यकाका तीनै जिल्लामा आजदेखि पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुँदै छ ।
आजबाट ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो ।
खोपकेन्द्रको व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन् । यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् । यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV