सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै
१४ श्रावण २०७८, बिहीबार ०९:५८
१४ साउन २०७८, काठमाण्डौं
सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।
अहिले केहीवेरमा बस्नेगरि बोलाइएको बैठकमा मन्त्रालय बाँडफाटबारे छलफल हुनेछ ।
बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा समेत छलफल हुनेछ । यस्तै आजै मन्त्रिपरिषद् विस्तारको तयारी समेत रहेको बताइएको छ । यसअघि नै सत्ता पक्षीय गठबन्धन बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको थियो । सोही अनुसार शिर्ष नेताहरु छलफलमा जुट्नु भएको हो ।
Share on Social Media

