२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

सार्वजनिक यातायात केन्द्रीय महासंघद्धारा सरकारसमक्ष ज्ञापनपत्र पेश

१० श्रावण २०७८, आईतवार १८:५९

१० साउन २०७८, काठमाण्डौं


नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघले बिभिन्न ७ बुँदे माग पूरा गर्नुपर्ने भन्दै सरकारसमक्ष ज्ञापनपत्र पेश गरेको छ ।
आइतबार माइतीघरबाट बबरमहलसम्म विरोध प्रदर्शन गर्दै महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारीसाधनको प्रतिकात्मक साँचो र ज्ञापन पत्र बुझाएका छन् । यातायात क्षेत्रका कार्यरत मजदुर तथा व्यवसायीलाई कोभिडको भ्याक्सिन, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, ट्याक्सीको मिटर फ्ल्याग डाउन गरेर चलाउन दिनुपर्ने, मैद्रिक नीति यातयात व्यवसायी मैत्री हुनुपर्ने, २० वर्ष पुराना गाडीको म्याद थपलगायत महासंघको माग छन् । प्रदर्शनमा सहभागीहरुले राज्यले आफुलाई उपेक्षा गरेको आरोप लगाएका थिए । आफुहरुले पटक पटक आफ्ना मागका बिषयमा सरकारको ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर आफुहरु आन्दोलित हुनुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको अवस्थामा पनि सार्वजनिक यातायात क्षेत्र खोलिएको बताउनुभयो । उहाले व्यवसायीको मागका बिषयमा सम्बन्धीत निकायमा छलफल गरिने उल्लेख गर्नुभयो । यसअघि महासंघले सरकारसँग राखेको ७ बुँदे माग पूरा गर्न बिहीबार बिरोध स्वरुप सवारी साधानसहित र्याली निकालेका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV