परिक्षाको निहुँमा खुकुलो निषेधाज्ञा र बढ्दो संक्रमण
१० श्रावण २०७८, आईतवार १२:३५
१० साउन २०७८, काठमाण्डौं
पुजा खनाल
सम्माननीय राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष ज्यू ,
गत जेष्ठमा तय गरिएको कक्षा १२ को परीक्षा कोरोनाको कारण साउनमा सारियो। विद्यर्थीहरुलाई भौतिक रूपमा उपस्थित नगराई भर्चुअल कक्षा कतिपय विद्यलयमा सञ्चालन गराइए। इन्टनेटको पहुँच भएका ठाउँ अनि इन्टरनेट र महंगो मोबाइल प्रयोग गर्ने आर्थिक पहुँच भएका विद्यार्थीहरुले त भर्चुअल कक्षामा पढे। अनलाइन कक्षामा कत्ति पनि प्रभावकारिता देखिएन, यो एक ू पढाइएको त छ नि ू भन्ने माध्यम अनि कतिपय अवस्थामा विद्यार्थी र अभिभावकको आँखामा छारो हालेर शुल्क उठाउने बाटो बन्यो। कोरोनाको कारण भौतिक रूपमा कक्षा सञ्चालन नहुने तर परिक्षा भने भौतिक रुपमै गर्नुपर्ने यो कस्तो नियम होरु कतिपय विद्यालयमा पाठ्यक्रम पूरा रूपमा नसकिएको अवस्थामा पूर्णाङ्क १०० कै परिक्षा लिने यो कस्तो निर्णय होरु अनलाइन कक्षामा सहभागिता जनाए पनि पढाएका कुराहरू नबुझेको विद्यार्थीको गुनासो छ। इन्टरनेटको पहुँच नपुगेको अति दुर्गम भेग च बिहान बेलुका खानाको जोहो गर्न नसक्ने अति विपन्न परिवारको विद्यार्थीले कुन पैसाले मोबाइल किनेर इन्टरनेट जोडेर पढुन त अनलाइन कक्षारु
कोरोमाको तेस्रो लहरको चेतावनी दिईएको अवस्था र संक्रमण दिनदिनै बढ्दै गएको अवस्थामा भौतिक रुपमा परीक्षा लिएर विद्यार्थीहरु संक्रमण हुँदैनन् भन्नु सूर्यलाई हत्केलाले छेकर संसार अन्धकार छ भन्नु जस्तै हो। के तपाईंहरू ठोकुवा गर्न सक्नुहुन्छ विद्यार्थिलाई कोरोना संक्रमण हुन्न भनेररु की तपाईंहरू सम्पूर्ण विधार्थीहरुको स्वास्थ्य र जीवनको जिम्मेवरी लिनुहोस र मजाले परीक्षा सञ्चालन गर्नुहोस्। तपाईंहरूले गरेको निर्णय यति लज्जास्पद छ की कोरोना संक्रमित विद्यार्थिले पनि छुट्टै हलामा बसेर परीक्षा दिनुपर्ने रे जब कि कोरोना संक्रमित व्यक्ति एकदम कमजोर हुन्छ अनि उसलाई आराम र हौसलाको आवश्यकता हुन्छ। एकातिर कोरोना संक्रमण र अर्को तिर परिक्षाको तनावले संक्रमित विद्यार्थीको मनोबल खस्कन्छ। संक्रमणको पीडा माथि परिक्षाको मानसिक पीडाले त्यो विद्यार्थी छिटो निको हुन सक्दैन।। एक आइसियु र भेन्टिलेटरमा जीवन र मृत्यु सङ्ग लडिरहेको विद्यार्थी कसरी परीक्षा देलारु
उपत्यकाको कुरा गर्नुपर्दा परीक्षा केन्द्रसम्म पुग्ने यातायाका साधनामा अत्याधिक यात्रुको चाप, अझ माइक्रो बसमा त झन् झुण्डिएर अनि गुन्द्रुक कोचिए झै कोचिएर परीक्षा केन्द्र जानुपर्ने हुन्छं।यातायात सधैं अव्यवस्थित र अधिक भीडभाड युक्त हुन्छन्। यातायात भित्र त यसै भीडभाड हुन्छ स्वास्थ्य मापदण्ड अपनाइन्न त्यत्ति नै भीड परीक्षा केन्द्रमा हुन्छ। सम्बन्धित निकायले न त सत प्रतिशत विद्यर्थीहरुलाई कोरोना विरुद्धको खोप दिन सकेको छ। खोप केन्द्रमा अव्यवस्थित भीडका कारण झन् बढी संक्रम फैलिइरहेको छ। विश्व स्वास्थ्य संगठनले १८ वर्ष भन्दा मुनिका व्यक्तिलाई खोप लाउने अधिकार दिएको छैन। हो अधिकांश विद्यार्थीहरु त १८ वर्ष पुगेका होलान् र खोप लाउन पाउलान् तर कक्षा १२ अध्ययनरत सबै विद्यार्थीहरु १८ वर्ष पुगेकै हुन्छन् भन्ने पनि त छैन नि। अव्यवस्थित भीडभाड हुने सवारी साधनबाट परीक्षा दिएर घर फर्केका विद्यार्थीले झन् कोरोना आफ्नो परिवारलाई सारेर संक्रमण अझै बढ्ने सम्भावना छ। घरमा भएका बुढाबुढी र बालबालिकाहरुलाई ती विद्यार्थीहरु बाट संक्रमणको जोखिम उच्च छ। मलाई लाग्छ कुनैपनि विद्यार्थीलाई आफ्नो जीवनभन्दा प्यारो परीक्षा र कुनै पनि परिवारलाई आफ्नो सन्तानभन्दा प्यारो परीक्षा हुनै सक्दैन। परीक्षा दिने क्रममा कोरोना संक्रमण भई कुनै पनि परीक्षार्थीको मृत्यु भएमा जवाफदेही कोरुस् राष्ट्रिय परीक्षा बोर्ड कि शिक्षा मन्त्रालय कि विद्यालयरु
भारतजस्तो देशले कोरोना तेस्रो लहर फैलने डर र परिक्षाको नाउँमा कुनै पनि विद्यार्थीले ज्यान गुमाउन नपरोस् भन्ने अर्थमा आन्तरिक मूल्यांकन मार्फत परिक्षाको नतिजा सार्वजनिक गरेको खण्डमा नेपाल भने दिनानुदिन संक्रमण बढ्दा पनि विद्यार्थीहरुले कोरोना संक्रमणबाट बच्न अजम्बरी बुटी खाए झै गरेको छ। करिब ४ लाख विद्यार्थीहरुको ज्यान नै जोखिममा राखेर भएपनि स्वास्थ्यलाई भन्दा बढी परीक्षालाई किन मान्यता दिईएको होरु तेस्रो लहर फैलने अगावै उचित कदम नचाली फेरि पनि पर्ख र हेर गर्ने हो भने दोस्रो लहरमा भए झैं भयावह स्तुति आउन बेर नै लाग्दैन। दिनदिनै करिब २००र२५० को दरमा बढिरहेका संक्रमितहरु देख्दा देख्दै पनि हदैसम्म खुकुलो निषेधाज्ञा तेस्रो लहरलाई निम्त्याइरहेको छ। अस्ट्रेलियामा १५० हाराहारीमा संक्रमित हुँदा संकटकाल घोषणा गरिएको छ भने यहां ३००० बढी संक्रमित हुँदा झन् खुकुलो छ निषेधाज्ञा। स्वास्थ्य मापदण्ड कहीं पनि कत्ति पनि पालना भएको छैन। त्यसैले सोच्नुस् त यदि विद्यार्थी नै नरहे परिक्षाको के औचित्यरु त्यही भएर की त सत प्रतिशत विद्यार्थीहरुलाई खोप दिएर भौतिक उपस्थितिमा मजाले परिक्षा सञ्चालन गर्नुस् होइन भने आन्तरीक मूल्यांकन नै उचित होला।। विद्यार्थीको स्वास्थ्य र जीवनको सुनिश्चितता नगरी परीक्षा लिदा कैयौ विद्यार्थीहरुको स्वास्थ्य र जीवनमाथि गम्भीर प्रश्न उठ्न सक्छन्।
धन्यवाद

