२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी द्धारा सरकारको ध्यानाकर्षण

४ श्रावण २०७८, सोमबार १९:२३

४ साउन २०७८, काठमाण्डौं

डा गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि बिभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
डा केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सार्नुभएको हो । डा केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताउनुभयो । उहाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने उल्लेख गर्नुभएको छ । भ्रष्टाचार प्रमाणीत भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने उहाले बताउनुभयो । २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उहाले बताउनुभयो ।
उहाले आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य चेतावनी दिनुभयो । यमनमा स्वास्थ्य सेवा गरी नेपाल फर्किएपछि डा केसीले पत्रकार सम्मेलन गर्नुभएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV