कर्णाली बाहेकका प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना सतर्क रहन आह्वान
२ श्रावण २०७८, शनिबार १२:१७
२०७८ साउन २ गते, काठमाण्डौं
मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शनिवार दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम सोमबारसम्म नै कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार, आगामी सोमबारसमम नै मुलुकका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

