२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

कोभिड–१९को सङ्क्रमण पुन बृद्धि

२ श्रावण २०७८, शनिबार १०:०८

२०७८ साउन २ गते, काठमाण्डौं

कोभिड–१९को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९ सय ३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अघिल्लो दिन यो सङ्ख्या एक हजार ७ सय ८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख १२ हजार ३ सय ७३ पुगेको छ ।
तीमध्ये छ लाख ६४ हजार ५ सय ७६ जना पीसीआर र ४७ हजार ७ सय ९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५ सय ६ पुगेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV