२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

चालु आर्थिक वर्षको कर विवरण र कर दाखिला गर्न सरकारले दिएको म्याद आज सकिदै

२५ असार २०७८, शुक्रबार १५:३८

असार २५, २०७८ काठमाण्डौं

चालु आर्थिक वर्षको कर विवरण र कर दाखिला गर्न सरकारले दिएको म्याद आज सकिदै छ ।
म्याद आज सकिदै गर्दा बुधाबारसम्म अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब भन्दा बढी राजस्व उठिसकेको छ ।
तर, चालु आर्थिक वर्षमा गैरकर नउठ्दा अपेक्षा गरिए भन्दा राजस्वमा कमी आएको छ । बुधबार सम्ममा जम्मा ५८ अर्ब बराबरको गैर कर उठेको छ । तर, अझैपनि भन्सार नियमित आइरहेकाले राजस्व यति नै उठ्छ भन्न नसकिने सरकारी अधिकारीहरुले जानकारी दिनुभएको छ । बुधबारसम्मको तथ्याङक हेर्दा सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी आउँदा सरकारले लक्ष्य नै संशोधन गरी ९ खर्ब ५९ अर्ब बनाएको थियो । हिजो र आज राजस्व संकलन हुने मुख्य दिन भएकाले संशोधित लक्ष्य बराबरको राजस्व उठ्ने महाशाखाले जनाएको छ । विभिन्न संस्थानहरुको लाभांश तथा आयकरका किस्ताहरु पनि आउन बाँकी भएकाले डराइहाल्नु पर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV