२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

दुर्बइस्थित एक बन्दरगाहमा रहेका कन्टेनरमा आगलागी

२४ असार २०७८, बिहीबार १४:१२

४ असार २०७८, काठमाण्डौं

दुर्बइस्थित एक बन्दरगाहमा रहेका कन्टेनरमा आगलागी भएको छ ।
संयुक्त अरब इमिरेट्सको मुख्य व्यापारिक केन्द्रमा रहेका कन्टेनरमा आगलागी भएको समाचारमा जनाइएको छ ।
आगलागीसँगै भएको विस्फोटले उक्त व्यापारीक केन्द्रमा भागदौड मच्चिएको सरकारी अधिकारीहरुले जनाएका छन् । जेबेल अलि पोर्टमा रहेका जहाजमा लागेका आगो नियन्त्रणका क्रममा विस्फोट भएको हो । विस्फोटमा मानविय क्षति नभएपनि भौतिक क्षतिको विवरण आउन बाँकी रहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । आगलागी सुरु भएलगत्तै आपतकालीन सेना परिचालन गरिएको थियो । आगलागीको कारण खुलेको छैन । बन्दरगाहका अधिकारीहरुका अनुसार जहाज सामान्य अवस्थामा अवतरण गरेको थियो । दुबईको उत्तरी क्षेत्रमा रहेको जेबेल अली पोर्ट विश्वकै सबैभन्दा ठूलो सुख्खा बन्दरगाह हो । उक्त पोर्टमा चार वटा कन्टेरनर टर्मिनल रहेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV