२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपालमा आजबाट मनसुन पुन सक्रिय

२३ असार २०७८, बुधबार १२:२२

२३ असार २०७८, काठमाण्डौं

नेपालमा आजबाट मनसुन पुन सक्रिय हुँदैछ । आजबाट वर्षा गराउने न्यूनचापीय रेखा पुन नेपाल प्रवेश गरकाले मनसुन सक्रिय हुनलागेको हो ।
यस न्यूनचापीय रेखाले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले भोलिदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । गत विहीबारदेखि आइतरबारसम्मको निरन्तर वर्षाले देशको मध्य तथा पश्चिम क्षेत्रमा बाढी, पहिलो र भूक्षयले ठूलो क्षति गरेको थियो । राजमार्गहरु अबरुद्ध भएका थिए । आजबाट सक्रिय हुने मनसुनले समेत बाढी पहिरोको जोखिम निम्त्याउन सक्ने भएकाले सचेत रहन मौसम विद्हरुले अनुरोध गर्नुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV