२०८३ जेष्ठ २३, शनिबार

   2026, Jun 6 Saturday

ट्राफिक प्रहरी महाशाखाले हराएर फेला पारेका ३३ वटा मोटरसाईकल धनीलाई हस्तान्तरण

२२ असार २०७८, मंगलवार १८:५९

२२ असार २०७८, काठमाण्डौं

ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानबाट हराएर फेला पारेका ३३ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।
मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई फेला पारेका मोटसाइकल हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन ।कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले बिशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरिएको बताउनुभयो । उहाले मोटरसाइकलमा चोरीमा संलग्नलाइ आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताउनुभयो ।
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV