प्रधानमन्त्री ओलीविरुद्ध विद्यार्थी संगठनको विरोध कार्यक्रम जारी
२२ असार २०७८, मंगलवार १३:११
२२ असार २०७८, काठमाण्डौं
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनका विद्यार्थी नेताहरुले आज पनि प्रदर्शन गर्ने भएका छन् ।
विपक्षी गठबन्धनका ५ विद्यार्थी संगठनका नेताहरुले आज दिउँसो २ बजे माईतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपश्चात विरोध जनाउँदै आएका विद्यार्थी संगठनले संसद् भंग गरि मध्यावधी चुनावको घोषण गरिएको प्रति आपत्ति जनाउँदै आएका छन् । राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री ओली मिलेर संसदीय व्यवस्थालाई नै प्रभाव पारि संविधान माथि प्रहार गरेको र व्यक्तिगत स्वार्थमा आधारित काम गरेको उहाँहरुको भनाई छ । संसद् विघटन सम्बन्धि मुद्दा अदालतमा विचाराधीन रहेपनि सडक संघर्ष समेत जारी राख्ने विपक्षी गठबन्धनको योजना छ ।विपक्षी गठबन्धका पाँच राजनीतिक दलले ओलीको संसद विघटनको कदम विरुद्ध चरणवद्ध कार्यक्रम गर्ने निर्णय गरेसँगै ५ दलका विद्यार्थी संगठनले कहिले प्रधानमन्त्रीको पुत्तला दहन त कही नारावाजी गर्दै विरोध गरिरहेका छन् । यस अघि विद्यार्थी संगठनले देशभर विरोधका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

